एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
प्रकाशित मिति
२०८२ मंसिर १० गते, बुधबार ०९:२३
मंसिर १०, २०८२ काठमाडौं – सूचिकृत कम्पनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट तथा शिवम् सिमेन्ट्स का सेयरधनीका लागि आज (मंसिर ११) लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आजसम्म कायम रहेका सेयरधनीले दुवै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्नका साथै आगामी वार्षिक साधारण सभामा सहभागी हुन पाउनेछन्। दुवै कम्पनीको बुक क्लोज मिति भोली (मंसिर १२) तोकिएको छ।
एनआरएन इन्फ्रास्ट्रक्चरले चालू वर्षका लागि ४० प्रतिशत बोनस सेयर तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। लाभांश पारित गर्ने उद्देश्यले कम्पनीले पुस ४ गते, काठमाडौं थिरबम रोडस्थित आम्रपाली ब्यान्क्वेटमा वार्षिक साधारण सभा बोलाएको छ।
उता, शिवम् सिमेन्ट्स ले शेयरधनीलाई २.५ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले उक्त प्रस्ताव पारित गर्न मंसिर २५ गते काठमाडौं प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा दशौँ वार्षिक साधारण सभा आह्वान गरेको छ।
लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकाले आज सेयर बजारमा दुवै कम्पनीतर्फ नयाँ तथा पुराना लगानीकर्ताको चासो बढेको देखिन्छ।






प्रतिकृया