• ३० भदौ २०८३, मंगलबार
  • १०ः४४ राती

प्रतिनिधिसभा चुनावका लागि एमाले–राप्रपाले पनि गर्यो दल दर्ता

प्रकाशित मिति

२०८२ मंसिर ९ गते, मंगलवार ०२:१३

मंसिर ९, २०८२ काठमाडौं – आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले र राप्रपाले पनि आज निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। एमालेतर्फबाट निर्वाचन विभाग प्रमुख निरज आचार्य र राप्रपातर्फबाट केदारबहादुर अधिकारीले आयोगमा दल दर्ताको निवेदन बुझाएका हुन्।

National Life

निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम मिति मंसिर १० गते तोकिएको छ। एमालेराप्रपाको दर्तासँगै प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलको संख्या ६६ पुगेको आयोगले जनाएको छ।

यससँगै प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा उठाइरहेको एमालेले आजै सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया