• २० असोज २०८३, मंगलबार
  • ८ः०४ बिहान

कांग्रेस केन्द्रीय समितिको बैठक आज

प्रकाशित मिति

२०८२ मंसिर ६ गते, शनिबार ०९:२१

मंसिर ६, २०८२ काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजेदेखि बस्ने भएको छ। बैठकको तयारीबारे जानकारी दिंदै मुख्य सचिव कृष्णप्रसाद पौडेलले निर्धारित समयअनुसार बैठक सुरु हुने जनाएको छ।

National Life

महाधिवेशनको मिति टुंगो लाग्न नसकेपछि पछिल्ला दिनमा कांग्रेसको बैठक पटक–पटक सारिँदै आएको छ। पार्टीभित्र महाधिवेशन कहिले गर्ने भन्ने विषयमा तीव्र मतभेद देखिएको छ। संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले आगामी निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्छ भन्ने धारणा राखिरहेका छन् भने संस्थापन इतर समूहले भने पहिले महाधिवेशन गरेर नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने अडान दोहोर्याइरहेका छन्।

असोज २८ गतेबाट प्रारम्भ भएको कांग्रेस केन्द्रीय समितिको बैठक अहिलेसम्म जारी छ र कुनै ठोस निष्कर्षमा पुग्न नसकेको नेताहरू बताउँछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया