• २० असोज २०८३, मंगलबार
  • ८ः०२ बिहान

मन्त्रिपरिषद्को बैठकले के–के गर्‍यो निर्णय ?

प्रकाशित मिति

२०८२ मंसिर ५ गते, शुक्रबार ०९:०२

मंसिर ५, २०८२ काठमाडौं — सरकारले लुम्बिनी विकास परिषद्को सदस्य–सचिवमा दीपक श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले श्रेष्ठको नियुक्ति बारे जानकारी दिए।

National Life

मन्त्रिपरिषद्को बैठकले बंगलादेशको ढाकामा मंसिर १० र ११ गते हुने नेपाल–बंगलादेश ऊर्जा क्षेत्र सहयोगसम्बन्धी संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालन समितिको सातौँ बैठकमा ऊर्जामन्त्रीका सचिव चिरञ्जीवी चटौत नेतृत्वको टोलीलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ।

यसैगरी मंसिर ८ देखि १२ सम्म चीनको ल्हासामा आयोजना हुने महिला सेमिनारमा सहभागी हुन आदिवासी जनजाति आयोगकी सदस्य रिना रानालाई स्वीकृति दिने निर्णय गरिएको मन्त्री खरेलले जानकारी दिए। राहदानी जारी गर्न नयाँ सम्झौता सम्पन्न नभएसम्मको अन्तरिम अवधिका लागि सात लाख थान विद्युतीय राहदानी हालका आपूर्तिकर्ताबाटै भेरियसन आदेशमार्फत खरिद गर्न राहदानी विभागलाई स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकले नेपाली सेनामा एकजना महासेनानीलाई सहायक रथीमा बढुवा तथा एकजना सहायक रथीलाई उपरथी दर्जामा विशेष बढुवा गर्ने निर्णय गरेको छ। त्यस्तै, उपभोक्ता अदालत र बाल अदालतका संगठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको प्रवक्ता खरेलले जानकारी दिए।

प्रतिकृया