• २० असोज २०८३, मंगलबार
  • ८ः०२ बिहान

शिव शंकर हाईड्रोले आईपीओ निष्काशन गर्ने

प्रकाशित मिति

२०८२ मंसिर ५ गते, शुक्रबार ११:३९

मंसिर ५, २०८२ काठमाडौं — शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आफ्नो आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन सम्बन्धी प्रस्ताव पारित गर्न मङ्सिर १९ गते साधारण सभा आह्वान गरेको छ।

National Life

कम्पनीले १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ता शेयर, अर्थात् कुल २५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने योजना बनाएको छ। आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटललाई दिइएको छ।

कम्पनी शिव शंकर इन्भेष्टमेन्ट र जय गणेश इन्भेष्टमेन्टको एकीकरणबाट स्थापना भएको लगानी कम्पनी हो। यसले मुख्यतया जलबिद्युत, पूर्वाधार र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया