• २० असोज २०८३, मंगलबार
  • ८ः०२ बिहान

धनकुटामा हाइस माइक्रोबस पल्टिँदा १ जनाको मृत्यु, १४ घाइते

प्रकाशित मिति

२०८२ मंसिर ५ गते, शुक्रबार ११:४४

मंसिर ५, २०८२ काठमाडौं — धनकुटाको पाख्रिवास क्षेत्रमा काठमाडौंबाट खाँदबारी जाँदै गरेको सप्तकोशी कम्पनीको बा ४ ख ५५०२ नम्बरको हाइस माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब ७० मिटर तल खसेको छ।

National Life

दुर्घटनामा संखुवासभाकी ८२ वर्षीय सावित्रा कालाखेती गम्भीर घाइते भइ उपचारको क्रममा मृत्यु भएकी छन्। यस घटनामा १४ जना घाइते भएका छन्। घाइतेमध्ये धनकुटाकी सुजता गिरी, संखुवासभाकी संगीता राई, नरेन्द्र राई र लमू शेर्पा, उदयपुरकी निर्जला राई, बिनिता राई र जेसन राई, सिन्धुलीका सन्तबहादुर तामाङ, भोजपुरका पासाङ शेर्पा, रत्नबहादुर विक र सवारी चालक दिपेन्द्र बुढाथोकी रहेका छन्।

गम्भीर घाइते चालक र रत्नबहादुर विकलाई थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा रेफर गरिएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारण र घाइतेबारे थप अनुसन्धान भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया