• २० असोज २०८३, मंगलबार
  • ८ः०३ बिहान

सिमरामा आजपनि जेनजी युवाको प्रदर्शन , एमाले नेता–कार्यकर्ताको पक्राउ गर्न मागे

प्रकाशित मिति

२०८२ मंसिर ४ गते, बिहीबार १२:५१

मंसिर ४, २०८२ काठमाडौं – बाराको सिमरामा आज पनि प्रदर्शन जारी छ। नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवा समूहबीचको विवादपछि बुधबार दिनभर तनावग्रस्त बनेको सिमरामा बिहीबार दोस्रो दिन पनि प्रदर्शन भएको हो।

National Life

बुधबारको तनावका कारण जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश नै जारी गरेको थियो। तर बेलुकीपछि स्थिति शान्त भएको थियो।

आज बिहीबार बिहान १० बजेदेखि जेनजी युवाहरू सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। उनीहरूले आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ताको पक्राउ माग गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया