• १३ असोज २०८३, मंगलबार
  • १ः४९ राती

साहस ऊर्जा र सोल्टी होटलको लाभांश सुरक्षित गर्ने  आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ मंसिर ४ गते, बिहीबार १०:४९

 मंसिर ४, २०८२ काठमाडौं –  साहस ऊर्जा लिमिटेड र सोल्टी होटल लिमिटेडले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि मंसिर ५ गते बुक क्लोज गर्ने भएकाले यी कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

National Life

सोल्टी होटलले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १६.५७ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ३१.५७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।

यो प्रस्ताव पारित गर्नका लागि यही मंसिर २८ गते काठमाडौंको सुन्धारा, टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हलमा बिहान १० बजेदेखि एकाउन्नौं वार्षिक साधारणसभा बस्दैछ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी साहस ऊर्जाले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर र १.१० प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल २२.१० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ।

यो निर्णय पारित गर्नका लागि यही मंसिर २४ गते बुधबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहानको ११ बजेदेखि बाह्रौं वार्षिक साधारणसभा बोलाएको छ।

प्रतिकृया