• १५ असोज २०८३, बिहीबार
  • ८ः१७ बिहान

नेपाल राष्ट्र बैंकले उपदान कोषको तीन अर्ब ७० करोड विभिन्न बैंकमा लगानी गर्ने

प्रकाशित मिति

२०८२ कार्तिक २५ गते, मंगलवार ०९:२६

कात्तिक २५, २०८२ काठमाडौं— नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ७० करोड रुपैयाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले सोमबार एक सूचना जारी गर्दै उपदान र पेन्सन कोषको रकम बैंक तथा वित्तीय संस्थामा तोकिएका मापदण्ड अनुसार लगानी गर्न लागिएको जानकारी दिएको हो।

National Life

सूचना अनुसार, ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ९६ करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५५ करोड ५० लाख, र राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड ५० लाख रुपैयाँ बराबरको रकम लगानी गरिनेछ।

राष्ट्र बैंकले लगानीका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले केही सर्तहरू पूरा गर्नुपर्ने जनाएको छ। ती सर्तहरूमा बैंक सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, तोकिएको न्यूनतम कूल पुँजीकोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको,
कर्जा–निक्षेप अनुपात ९ऋम् च्बतष्य० केन्द्रीय बैंकले तोकेको सीमाभित्र रहेको, अघिल्लो आर्थिक वर्षको नाफा–नोक्सान हिसाबअनुसार खुद मुनाफामा रहेको हुनुपर्ने उल्लेख छ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै, बैंक तथा वित्तीय संस्थाहरूले लगानीका लागि प्रस्ताव गरिएको ब्याजदर सहित आवेदन पेस गर्न सूचनामा आग्रह गरिएको छ।

प्रतिकृया