• १५ असोज २०८३, बिहीबार
  • ८ः५१ बिहान

अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

प्रकाशित मिति

२०८२ कार्तिक २५ गते, मंगलवार ०९:१३

कात्तिक २५, २०८२ काठमाडौं—  अब नागरिकहरूले आफ्नो नाम, जन्ममिति, विवाह, सम्बन्ध विच्छेदलगायत व्यक्तिगत घटनासम्बन्धी विवरण एकपटकका लागि सच्याउन सक्ने भएका छन्।

National Life

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली २०८२ स्वीकृत गरेसँगै व्यक्तिगत विवरण सच्याउने बाटो खुलेको हो।

यसअघि सरकारले व्यक्तिगत विवरण सच्याउन मिल्ने व्यवस्था ऐनमार्फत गरिसकेको थियो। तर त्यसको कार्यान्वयनका लागि स्पष्टता नहुँदा नियमावली संशोधन गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सानुबाबु अधिकारीका अनुसार अब नागरिकता, शैक्षिक प्रमाणपत्र वा अन्य आधिकारिक कागजातमा नाम, ठेगाना, जन्ममिति, विवाह, मृत्यु, सम्बन्ध विच्छेदजस्ता विवरण फरक परेका व्यक्तिहरूले एकपटकका लागि विवरण सच्याउन पाउनेछन्।

अधिकारीका अनुसार, “एकपटक संशोधन गर्न पाउने भन्ने ऐनको प्रावधानलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा संशोधित नियमावलीले स्पष्टता दिएको छ।”

मन्त्रिपरिषद्ले नियमावली स्वीकृत गरिसकेको र राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयन सुरु हुने पनि अधिकारीले जानकारी दिए। व्यक्तिगत घटना दर्ता र विवरण सच्याउने काम सम्बन्धित वडा कार्यालयमार्फत हुने व्यवस्था छ।

प्रतिकृया