• १३ असोज २०८३, मंगलबार
  • १ः५३ दिउँसो

रामकुमारी झाँक्री समूह आज पत्रकार सम्मेलन गर्दै

प्रकाशित मिति

२०८२ कार्तिक १९ गते, बुधबार १०:००

कात्तिक १८, २०८२ काठमाडौं—  नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री नेतृत्वको समूहले आज बिहान पत्रकार सम्मेलन गर्दै वाम एकतामा सहभागी नहुने घोषणा गर्ने भएको छ। झाँक्रीसहितका नेताहरूले काठमाडौंको बसेरा होटलमा बिहान १० बजे पत्रकार सम्मेलन आयोजना गरेका हुन्।

National Life

पत्रकार सम्मेलनबारे जानकारी दिँदै झाँक्रीले भनिन्, “हाम्रो विचार सुन्न र बहसमा सहभागी हुनका लागि आदरणीय पत्रकार साथीहरू तथा सम्पूर्ण परिवर्तनकामी क्रान्तिकारी साथीहरूलाई उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं।”

आजै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित ९ वामपन्थी दल मिलेर ‘नेपाल कम्युनिस्ट पार्टी’ नामक नयाँ पार्टीको घोषणा गर्दैछन्। त्यसअघि असन्तुष्ट समूहले पत्रकार सम्मेलन गरेर एकता प्रक्रियामा असहमति जनाउने र वैकल्पिक राजनीतिक दिशा प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

झाँक्रीसँगै किसन श्रेष्ठलगायतका नेता–कार्यकर्ताहरू एमालेमा पुनः प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ। यसले एकीकृत समाजवादीभित्रको विभाजन अझ स्पष्ट भएको विश्लेषण गरिएको छ।

प्रतिकृया