• २० असोज २०८३, मंगलबार
  • ७ः११ बेलुका

सुनको मूल्य हालसम्मकै उच्च

प्रकाशित मिति

२०८२ आश्विन २२ गते, बुधबार १२:०५

असोज २२, २०८२  काठमाडौं– नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई हजार ६०० रुपैयाँ बढेर दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

मंगलबार सुन दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य थियो । तर, आज उक्त रेडर्क तोडिएको हो ।

आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला दुई हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया