• २० असोज २०८३, मंगलबार
  • ३ः१७ दिउँसो

निर्वाचन सुरक्षाबारे आयोग र प्रधानमन्त्रीबीच उच्चस्तरीय छलफल आज

प्रकाशित मिति

२०८२ आश्विन २१ गते, मंगलवार ०१:१२

असोज २१, २०८२ काठमाडौं- आगामी फागुन २१ गते तय भएको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्की सहित सुरक्षा निकायका प्रमुखहरूसँग आज महत्वपूर्ण छलफल गर्न लागेको छ।

National Life

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, छलफल आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुनेछ। उनले जानकारी दिएअनुसार छलफलमा निर्वाचन सुरक्षा, निर्वाचन तयारी, मतदाता नामावली संकलन, दल दर्ता, र निर्वाचन सामग्री व्यवस्थापन लगायतका विषयमा आयोगले आफ्नो तयारी प्रस्तुत गर्नेछ।

यसअघि आयोगले सोमबार मात्र निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। कार्यतालिका सार्वजनिक भएको भोलिपल्टै आयोग प्रधानमन्त्रीसँग छलफल गर्न लागेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया