• २० असोज २०८३, मंगलबार
  • ३ः१६ दिउँसो

विद्युत् भार प्रेषण केन्द्रको अनुगमनमा मन्त्री घिसिङ

प्रकाशित मिति

२०८२ आश्विन २१ गते, मंगलवार १०:५१

असोज २१, २०८२ काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन्। काठमाडौंको स्यूचाटारस्थित केन्द्रमा पुगेर मन्त्री घिसिङले देशभरको विद्युत् उत्पादन, प्रसारण, वितरण र ग्रिड सञ्चालनको अवस्थाबारे जानकारी लिएका हुन्।

National Life

अविरल वर्षापछि छिनछिनमा बत्ती जाने गुनासो बढ्दै गएको भन्दै पूर्व कार्यकारी निर्देशकसमेत रहेका घिसिङले विद्युत प्रणालीलाई अझ सुरक्षित, भरपर्दो र आधुनिक बनाउने दिशामा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिगत तथा प्रविधिक सुधारको आवश्यकतामा जोड दिए। उनले बाढी र पहिरोबाट क्षति पुगेका संरचनाको चाँडो मर्मत गरी सेवा पुनः सञ्चालन गर्न निर्देशन दिँदै, बिजुली जाने समस्या तत्काल समाधान गर्न प्राधिकरणका मातहत कार्यालयहरूलाई तयारी अवस्थामा राख्न आग्रह गरे।

मन्त्री घिसिङले मस्र्याङ्दी करिडोर २२० केभी र हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राख्न निर्देशन दिए। साथै, आगामी हिउँदयाममा विद्युत् आपूर्ति सुनिश्चित गर्न पूर्वतयारी गर्नसमेत आग्रह गरे। अनुगमनको क्रममा प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात र प्रणालीको वर्तमान अवस्था तथा समस्याबारे मन्त्रीलाई विस्तृत जानकारी गराएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यकारी निर्देशक सिलवालले बाढी र पहिरोले क्षति पुर्याएका संरचना मर्मत गर्न विशेष टोली परिचालन गरिएको र सेवा पुनःस्थापनामा काम तीव्र गतिमा भइरहेको जानकारी दिए।

प्रतिकृया