• २० असोज २०८३, मंगलबार
  • ३ः१६ दिउँसो

देउवा लामो समयदेखि सार्वजनिक कार्यक्रमबाट टाढा, कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको दबाब चुलिँदै

प्रकाशित मिति

२०८२ आश्विन २१ गते, मंगलवार ०९:२४

असोज २१, २०८२ काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भदौ २४ यता कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित उनको निवासमा प्रदर्शनकारीहरुले आक्रमण गरी देउवा र उनकी पत्नी डा. आरजु राणा देउवालाई निर्घात कुटपिट गरेका थिए। आक्रमणपछि दम्पती उपचार गरी अहिले काठमाडौंमै एक भाडाको घरमा बसोबास गरिरहेका छन्।

National Life

कांग्रेस भित्रैबाट देउवामाथि नेतृत्व हस्तान्तरणको चर्को दबाब बढिरहेको छ। तर, देउवा तत्काल सभापति पद छोड्न भने तयार देखिएका छैनन्। देउवानिकट एक नेताका अनुसार, “कार्यवाहक सभापति तोकेर जाने उहाँ तयार हुनुहुन्छ, तर घाइते अवस्थामा जसरी नेतृत्व छाड्न दबाब दिइएको छ, त्यो उचित होइन।”

दबाब बढेपछि देउवा कार्यवाहक जिम्मेवारी दिने तयारीमा पुगेको ती नेताको भनाइ छ। हाल देउवा सीमित नेताहरुसँग मात्र फोन सम्पर्कमा रहेको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली कांग्रेसले भदौ २६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। त्यस बैठकमा पनि देउवाले पद नछाडे, ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाउने तयारीमा छन् नेताहरू। एक पदाधिकारीका अनुसार, “यदि देउवाले बैठकमा पनि स्पष्ट निर्णय नगरे हस्ताक्षर बुझाएर वैधानिक प्रक्रिया अघि बढाउने छौँ।”

देउवाले पद नछाडे त्यसपछि कसरी अघि बढ्ने भन्नेबारे सोमबार कांग्रेस नेताद्वय डा. शेखर कोइराला र गगन थापाबीच लामो छलफल भएको छ। स्रोतका अनुसार दुबै नेता मिलेर संयुक्त रूपमा कदम चाल्न सहमत भएका छन्।

नेतृत्व परिवर्तनको बहस चुलिँदै गइरहेको बेला देउवाको मौनता र कांग्रेसको आगामी रणनीतिले पार्टीको भविष्य कुन मोडतर्फ जान्छ भन्ने चासो पार्टी कार्यकर्ता र आम जनतामाझ बढ्दो छ।

प्रतिकृया