• २० असोज २०८३, मंगलबार
  • ३ः१८ दिउँसो

उद्धार र राहतमा सबै सरकारी निकाय पूर्ण तयारीमा छन्: प्रधानमन्त्री कार्की

प्रकाशित मिति

२०८२ आश्विन १९ गते, आईतवार ०९:००

असोज १९, २०८२ काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले बाढी, पहिरो र डुबानको जोखिम बढिरहेका बेला नागरिकलाई सतर्क रहन आग्रह गर्दै राज्यका सम्पूर्ण स्रोत जनताको साथमा रहेको स्पष्ट पारेकी छिन्।

National Life

देशवासीका नाममा जारी भिडियो सन्देशमा उनले जोखिमको पूर्वानुमानसहित सुरक्षालाई प्राथमिकता दिन आग्रह गर्दै आवश्यक परे सहयोग लिन अप्ठेरो नमान्न आह्वान गरेकी हुन्। “तपाईँहरूको सुरक्षा नै हाम्रो सर्वोपरि चिन्ता हो। राज्यका सबै निकायहरू उच्च मनोबलका साथ उद्धार र राहतमा तयारी अवस्थामा छन्,” प्रधानमन्त्री कार्कीले भनिन्।

उनले निरन्तर वर्षाका कारण नदी तथा पहाडी क्षेत्रमा खतराको स्तर बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेकी छिन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया