• २० असोज २०८३, मंगलबार
  • ३ः१८ दिउँसो

उपत्यकाबाट बाहिरिने गाडीमा आज पनि रोक, टिकट काटेकालाई पैसा फिर्ता

प्रकाशित मिति

२०८२ आश्विन १९ गते, आईतवार ०८:४५

असोज १९,२०८२ काठमाडौं- लगातारको वर्षा, बाढी र पहिरोका कारण काठमाडौंबाट बाहिरिने लामो दूरीका सवारी साधनहरूमा आज बिहानसम्म पनि रोक लगाइएको छ। उपत्यका भित्रको अवस्था सामान्य भए पनि बाह्य सडक सञ्जाल अझै पूर्णरूपमा सञ्चालनमा नआएको जनाउँदै ट्राफिक प्रहरी र प्रशासनले गाडी सञ्चालनमा रोक लगाएका हुन्।

National Life

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले उपत्यकाका सबै नाकाबाट लामो दूरीका सवारीसाधनलाई बाहिर जान नदिइएको जानकारी दिए। “काठमाडौंबाट अति आवश्यक बाहेकका कुनै पनि गाडीलाई आज बिहानसम्म बाहिर जान दिइएको छैन, र काठमाडौं भित्रिएका पनि छैनन्,” सुवेदीले बताए।

उनका अनुसार, गन्तव्य नखुल्ने अवस्था रहेकाले यात्रुहरूलाई टिकट नकटाउन अनुरोध गरिएको छ। “जसले टिकट काटिसकेका थिए, उनीहरूलाई काउन्टरबाट पैसा फिर्ता गरिएको छ,” सुवेदीले जानकारी दिए, “सडक अवस्था सामान्य भएपछिमात्र टिकट बुकिङ सुरु गर्न भनिएको छ।”

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि सरकारले असोज १८, १९ र २० गतेसम्म काठमाडौं उपत्यका आउजाउ गर्ने सवारी साधनमा अस्थायी रोक लगाउने निर्णय गरेको थियो। देशभरको मौसम प्रतिकूल रहेकाले विशेष सावधानी अपनाइएको ट्राफिक प्रहरीको भनाइ छ।

प्रतिकृया