प्रतिकूल मौसमका कारण बुद्ध एयरका सबै उडान रद्द
प्रकाशित मिति
२०८२ आश्विन १८ गते, शनिबार ०३:५७
असोज १८, २०८२ काठमाडौं- देशभर परेको अविरल वर्षाका कारण उत्पन्न प्रतिकूल मौसमस्थितिका कारण आन्तरिक वायुसेवा प्रदायक बुद्ध एयरले आजका सबै उडानहरू रद्द गरेको छ। बुद्ध एयरले एक सूचना जारी गर्दै आज (शुक्रबार) का सबै उडान स्थगित गरिएको जानकारी गराएको हो।
मौसममा आएको असहजताको कारण यात्रुको सुरक्षालाई मध्यनजर गर्दै उडान रद्द गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।उडान रद्द भएका यात्रुहरूलाई टिकट रिसेड्युल वा रिफन्डका लागि आ–आफ्नो ट्राभल एजेन्सी, पोर्टल वा बुद्ध एयरको कल सेन्टरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
देशभर लगातार परिरहेको वर्षाका कारण सडक यातायात मात्र होइन, हवाई सेवा पनि प्रभावित बनेको छ। प्रमुख राजमार्गहरू पहिरोका कारण अवरुद्ध हुँदा जनजीवन थप कष्टकर बन्दै गएको छ।
Related
Recent News
- बिग्रिएका सडकको गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
- करदाता प्रोत्साहन उपहारमा दुई जनाले जिते १०–१० लाख, ३१ जनालाई १ लाख
- दुई महिनामा सरकारको बजेट खर्च २ खर्ब नजिक, पुँजीगत खर्च १.७८ प्रतिशत मात्रै
- सिद्धार्थ बैंकले घोषणा गर्यो २० प्रतिशत लाभांश
- सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घट्यो
- करदाता प्रोत्साहन उपहार कार्यक्रमको भदौको नतिजा आज सार्वजनिक हुँदै
- भोटेकोशी बाढीमा १ हजार ४०९ जनाको शव फेला, ४ हजार ८९ अझै बेपत्ता
- भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग
- कृष्णभीरमा नयाँ ट्र्याक खुलेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
- आज विश्वकर्मा पूजा, सवारीसाधनदेखि औजारसम्मको पूजा गरिँदै
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया