• १ असोज २०८३, बिहीबार
  • ११ः१८ बिहान

सडक बन्द! यी ठाउँमा जानु अघि सावधानी अपनाउनुहोस्

प्रकाशित मिति

२०८२ आश्विन १७ गते, शुक्रबार ०९:१६

असोज १७, २०८२ काठमाडौं- अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी र बागमती प्रदेशका विभिन्न पाँच स्थानमा सडक पूर्णरूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान ७ बजे सार्वजनिक गरेको विवरण अनुसार संखुवासभा, रसुवा र सिन्धुपाल्चोकमा यातायात अवरुद्ध भएको हो।

National Life

प्रहरीका अनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवा क्षेत्रमा सडक पूर्णरूपमा बन्द भएको छ।

यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा नेपाल–चीन नाका जोड्ने पुलनजिकै र पासाङ ल्हामु राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको छ। नेपाल–चीन सीमा क्षेत्रमा गत असार २४ गतेदेखि नै बाढीले सडक ठप्प बनाएको हो भने पासाङ ल्हामु सडकखण्डमा भने असोज १६ गते पहिरो जाँदा आवागमन रोकिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित चारकिलो भन्ने स्थानमा पहिरो खस्दा अरनिको राजमार्गसमेत पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रतिकृया