• १ असोज २०८३, बिहीबार
  • १२ः२१ दिउँसो

देशभर मौसम आंशिक बदली, कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति

२०८२ आश्विन १२ गते, आईतवार ०८:२८

असोज १२, २०८२ काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ भने स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। अहिले देशका पहाडी भूभागहरूमा सामान्य बदली र अन्य क्षेत्रहरूमा आंशिक बदली देखिएको छ।

National Life

महाशाखाले दिएको पछिल्लो जानकारीअनुसार, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज रातिको मौसम पनि प्रायः यस्तै रहनेछ। कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा साधारण बदली रहनेछ भने अन्य भागहरूमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा हुन सक्ने देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

महाशाखाका अनुसार आज सूर्योदय बिहान ५ बजेर ५५ मिनेटमा भएको हो भने सूर्यास्त साँझ ५ बजेर ५३ मिनेटमा हुनेछ।महाशाखाले मौसम परिवर्तनशील रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ, विशेषगरी पहाडी र तराई भूभागका बासिन्दालाई यात्रा वा बाहिरी गतिविधि गर्दा सतर्क रहन सुझाव दिइएको छ।

प्रतिकृया