• १३ असोज २०८३, मंगलबार
  • ३ः५८ राती

चन्द्रागिरिमा महिलाको हत्या, एक जना पक्राउ

प्रकाशित मिति

२०८२ आश्विन ९ गते, बिहीबार १२:११

असोज ९, २०८२ काठमाडौं–  चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित खहरे थापागाउँमा एक वृद्धा महिलाको हत्या भएको छ। प्रहरीले हत्या आरोपमा एक जना पुरुषलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका व्यक्ति ३२ वर्षीय सरोज थापा हुन्, जो सोही गाउँका स्थायी बासिन्दा हुन्। उनले ६८ वर्षीया पवित्रा केसीलाई काठको चिर्पट प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

National Life

पवित्रा केसी चन्द्रागिरि नगरपालिका–६ महादेवस्थानकी बासिन्दा हुन्, तर उनी माइतीघर खहरे थापागाउँमा बस्दै आएकी थिइन्। हत्या किन गरियो भन्ने कारण भने अझै खुलेको छैन। प्रहरीका अनुसार घटनाको अनुसन्धान जारी छ।

प्रहरीले मृतकको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोस्टमार्टमका लागि पठाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया