• २० असोज २०८३, मंगलबार
  • ४ः५२ बेलुका

नेप्सेमा हरियालीको लय, ५८ अंकले उकालो

प्रकाशित मिति

२०८२ आश्विन ७ गते, मंगलवार ०३:२७

असोज ७, २०८२ काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर दोश्रो दिन हरियालीमै देखिएको छ। आइतबार उच्च अंकले बढेको बजार सोमबार पनि ५८.६३ अंकले उकालो लाग्दै २६८२.२५ बिन्दुमा पुगेको हो।

National Life

आज २२८ कम्पनीका १ करोड १३ लाख ५३ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब २९ करोड रुपैयाँ नाघेको छ। सबै १३ उपसूचकहरू हरियालीमा देखिए, जसमा निर्जीवन बीमा समूह ३.४८% ले उकालो लाग्दै सबैभन्दा बढी वृद्धि भएको हो।

लगातारको वृद्धिपछि लगानीकर्तामा उत्साह देखिएको छ भने विश्लेषकहरूले बजारमा स्थायित्व आउन थालेको संकेत मानेका छन्। यद्यपि, चाडपर्वको समय र संभावित माफिया चलखेलका कारण साना लगानीकर्तालाई सतर्क रहन सुझाव दिइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया