• २० असोज २०८३, मंगलबार
  • ६ः२७ बेलुका

संविधान दिवसको अवसरमा वृहत शान्ति र्‍याली

प्रकाशित मिति

२०८२ आश्विन ३ गते, शुक्रबार १०:०४

असोज ३,२०८२ काठमाडौं– संविधान दिवस २०८२ को अवसरमा शुक्रबार बिहान काठमाडौँमा वृहत शान्ति र्‍याली आयोजना गरिएको छ। माइतीघर मण्डलाबाट सुरु भएको शान्ति र्‍याली भद्रकाली, सहिदद्वार, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघरमै पुगेर सभामा परिणत भएको हो।

National Life

शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) को आयोजनामा भएको कार्यक्रममा संविधानविद्, पत्रकार, वकिल, मानवअधिकारकर्मी, शिक्षक, बुद्धिजीवीलगायत विभिन्न पेसा र व्यवसायसँग आबद्ध नागरिकहरूको उल्लेख्य सहभागिता देखिएको थियो।

र्‍यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै लोकतान्त्रिक मूल्य र शान्तिपूर्ण आन्दोलनको पक्षमा आवाज उठाए। संविधान दिवस २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष मनाइँदै आइएको छ। र्‍यालीमा सहभागीहरूले समयानुकूल संविधानमा आवश्यक सुधार र संशोधन गर्दै लैजानुपर्ने धारणा पनि व्यक्त गरे।

Classic Tech Mobile
Classic Tech Desktop

यसै अवसरमा आजै बिहान राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह पनि आयोजना भइरहेको छ। कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ।

प्रतिकृया