• २० असोज २०८३, मंगलबार
  • ६ः२७ बेलुका

गरिमा विकास बैंकको २ लाखभन्दा बढी संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

प्रकाशित मिति

२०८२ आश्विन ३ गते, शुक्रबार ०९:५७

असोज ३, २०८२ काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले २ लाख १२ हजार ८३४.६५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि खुला गरिएको थियो। तर, तोकिएको समयसीमाभित्र सीमित मात्रामा आवेदन परेपछि बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकले जानकारी दिएको छ।

National Life

शेयर किन्न इच्छुक व्यक्तिहरूले अबको १५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। निवेदनमा आफूले किन्न चाहेको शेयरको कित्ता संख्या र मूल्य स्पष्ट उल्लेख गर्नु पर्नेछ।

बैंकले इच्छुक सर्वसाधारणलाई सम्पूर्ण जानकारीसहित आवेदन दिन आह्वान गरेको छ। यो अवसर विशेषगरी वित्तीय क्षेत्रमा लगानी गर्न चाहने व्यक्तिहरूका लागि महत्वपूर्ण मानिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया