यस वर्ष दशैं–तिहारका लागि अग्रिम टिकट बुकिङ नखुल्ने
प्रकाशित मिति
२०८२ भाद्र ३१ गते, मंगलवार ०४:२२
भदौ ३१,२०८२ काठमाडौं – यस वर्ष दशैं–तिहारका लागि अग्रिम बस टिकट बुकिङ नखोलिने भएको छ। मंगलबार काठमाडौंको मिन भवनस्थित यातायात व्यवस्था विभागमा बसेको सम्बद्ध निकायहरूको बैठकले यात्रुहरूको घर जाने क्रम सुरु भइसकेकाले विशेष अग्रिम बुकिङ आवश्यक नरहेको निष्कर्ष निकालेको हो।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार जेनजी आन्दोलनपछि विश्वविद्यालय र कलेजहरू विदा भएपछि विद्यार्थीहरू घर फर्किन थालेका छन्। “गोंगबु बसपार्कबाट मात्रै करिब ५० हजार मानिसहरू बाहिरिसकेका छन्,” उनले बताए, “त्यसैले दशैंका लागि छुट्टै अग्रिम बुकिङ खोल्नुपर्ने अवस्था छैन। यात्रुले ३–४ दिनअघि नै टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ।”
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुहरूलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन विभागले व्यवसायी र सरोकारवाला निकायसँग छलफल गरेको जानकारी दिए।








प्रतिकृया