• १६ असोज २०८३, शुक्रबार
  • ३ः०४ दिउँसो

बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

प्रकाशित मिति

२०८२ भाद्र २९ गते, आईतवार ०३:५५

भदौ २९ ,२०८२ काठमाडौं – बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) भोलि सोमबार दिउँसो ४ बजे बाँडफाँट हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले आइतबार जानकारी दिएको हो।

National Life

कुल ५८ लाख ६० हजार कित्ता शेयरमध्ये सर्वसाधारणका लागि खुलेको ४३ लाख ४१ हजार ८० कित्ता शेयरमा २५ लाख १२ हजार १२२ जनाले आवेदन दिएका थिए। जसअनुसार २ करोड ९८ लाख ६९ हजार ४४० कित्ता बराबरको २ अर्ब ९८ करोड ६९ लाख ४४ हजार रुपैयाँको माग परेको थियो।

बाँडफाँटमा ४ लाख ३४ हजार १०८ जनाले १०/१० कित्ता शेयर पाउनेछन् भने २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको १० लाख ९५ हजार ४०० कित्ता शेयरको वितरण गरिसकेको छ। बाँकी सर्वसाधारणको हिस्सामा सामूहिक लगानी कोषलाई २ लाख ६४ हजार ७०० कित्ता, कर्मचारीलाई १ लाख ५८ हजार ८२० कित्ता सुरक्षित गरी बाँकी शेयर सार्वजनिक गरिएको थियो।

बन्दीपुर केवलकारलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको सङ्केत गर्छ।

प्रतिकृया