• १७ असोज २०८३, शनिबार
  • ६ः२६ बेलुका

प्रधानमन्त्री कार्कीः सरकारी–निजी सम्पत्तिमा आगजनी गर्नेहरूलाई कानुनी दायरामा ल्याइने

प्रकाशित मिति

२०८२ भाद्र २९ गते, आईतवार ०१:५७

भदौ २९ ,२०८२ काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सरकारी र निजी सम्पत्तिमा आगजनी तथा तोडफोड गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेकी छन्। आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले हालैका घटनाहरू योजनाबद्ध अपराध जस्तो देखिएको बताइन्।

National Life

प्रधानमन्त्री कार्कीले भनिन्, “यो आफ्नै विवेकले भएजस्तो देखिँदैन। अपराधीक गिरोहमा संलग्नहरूले यस्तो गरेजस्तो लाग्यो। त्यो पनि योजनाबद्ध रूपमा। उनीहरूलाई त कसरी छोड्न सकिन्छ र?”

उनले घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्ने सरकारको प्रतिबद्धता दोहोर्‍याउँदै कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया