• २० असोज २०८३, मंगलबार
  • ६ः३० बेलुका

नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री मोदी

प्रकाशित मिति

२०८२ भाद्र २८ गते, शनिबार ११:०२

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि कार्कीलाई अन्तर्राष्ट्रिय स्तरबाट आएको पहिलो उच्चस्तरीय शुभकामनामध्ये मोदीको सन्देशलाई विशेष महत्वका साथ हेरिएको छ।

National Life

मोदीले आफ्नो ‘एक्स’ अकाउन्टमार्फत नेपाली भाषामै लेखेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ।”

उनको यस सन्देशलाई नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने संकेतका रूपमा लिइएको छ। मोदीले नेपाल र नेपाली जनताप्रति प्रष्ट रूपमा समर्थन र प्रतिबद्धता जनाएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया