• २० असोज २०८३, मंगलबार
  • ७ः१५ बेलुका

सिंहदरबार सरसफाइका लागि निजामती कर्मचारीहरूको सामूहिक आह्वान

प्रकाशित मिति

२०८२ भाद्र २६ गते, बिहीबार १२:२१

भदौ २६ ,२०८२ काठमाडौँ – जेनजी आन्दोलनपछि भएको आगजनी र तोडफोडका कारण ध्वस्त बनेको सिंहदरबारभित्रको भग्नावशेष र फोहोर हटाउन निजामती कर्मचारीहरूले सामूहिक सरसफाइ अभियान सुरु गर्ने आह्वान गरेका छन्।

National Life

सामाजिक सञ्जालमा सक्रिय ‘सार्वजनिक नीति संवाद’ समूहमा कर्मचारीहरूले सम्भव भएसम्म आ–आफ्नो मन्त्रालय वा निकायमा उपस्थित भई सफाइ कार्यमा खटिन आग्रह गरेका छन्। उनीहरूले समूहमा लेखेका छन्, “सिंहदरबार भित्रका सबै कर्मचारी सम्भव भएसम्म आ–आफ्नो मन्त्रालय, निकायमा उपस्थित भएर आजैबाट सफाइको काममा खटौं।”

त्यससँगै, फाइल, अभिलेख र कागजातको संरक्षणलाई प्राथमिकता दिँदै परिस्थितिअनुसार अत्यावश्यक सेवा सुचारु गर्न पनि आग्रह गरिएको छ। निर्वाचित सरकार निष्क्रिय भए पनि स्थायी सरकारका प्रतिनिधि भनेर चिनिने निजामती कर्मचारीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताइएको छ। यसअघि, आगजनीबाट ध्वस्त सर्वोच्च अदालतका कर्मचारीहरूले बुधबारदेखि नै सरसफाइ अभियान सुरु गरेका थिए। सर्वोच्चमा करिब २५ हजार मुद्दा विचाराधीन रहेकोमा कर्मचारीहरूले अहिलेसम्म करिब ३ हजार फाइल संकलन गरेका छन्, जसमा कतिपय आंशिक र कतिपय आधाजसो क्षतिग्रस्त भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

तर सिंहदरबारमा भने अझैसम्म कुनै औपचारिक पहल नभएको भन्दै कर्मचारीहरूले आफैं जुटेर सरसफाइ अभियान अगाडि बढाएका हुन्। हाल नेपाली सेनाले सिंहदरबारभित्र कार्यरत कर्मचारी बाहेक अरूलाई प्रवेश अनुमति दिएको छैन।

प्रतिकृया