• २० असोज २०८३, मंगलबार
  • ७ः१३ बेलुका

आन्दोलन नरोकिए राति १० बजेदेखि स्थिति नियन्त्रणमा लिने सेनाको चेतावनी

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०९:२६

भदौ २४,२०८२ काठमाडौँ – नेपाली सेनाले आन्दोलनका कार्यक्रम निरन्तर जारी रहे आज राति १० बजेदेखि स्थिति नियन्त्रणमा लिने चेतावनी दिएको छ। सेनाले एक विज्ञप्ति जारी गर्दै राष्ट्र र नागरिकको सुरक्षाका लागि आवश्यक कदम चाल्न तयारी पूरा भएको जनाएको छ।

National Life

विज्ञप्तिमा भनिएको छ, “यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न २०८२ भाद्र २४ गते राति १० बजेबाट दृढ रहने प्रतिवद्धता जानकारी गराउँदछौँ।” सुरक्षा संवेदनशीलता बढ्दै गएपछि सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गरी आवश्यक तैनाथी गर्ने तयारीसमेत गरेको जनाएको छ।

541607820_802622239381166_1873599973191019979_n-1757432083.jpg

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया