पशुपतिनाथ मन्दिर क्षेत्रमा अराजक समूहको तोडफोड, सेनाको टोली खटियो
प्रकाशित मिति
२०८२ भाद्र २४ गते, मंगलवार ०९:१९
भदौ २४,२०८२ काठमाडौँ – पशुपतिनाथ मन्दिर क्षेत्रमा अराजक समूह पुगेर ढोकामा तोडफोड गर्ने प्रयास गरेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली खटिएको छ। सैनिक प्रवक्ता राजाराम बस्नेतले सेनाको टोली घटनास्थलमा पुगिसकेको अनलाइनखबरसँग पुष्टि गरेका छन्।
यता, जेनजी आन्दोलनका अगुवाहरूले भने साँझको प्रदर्शनमा घुसपैठ भएको दाबी गरेका छन्। उनीहरूले योजनाबद्ध रूपमा मन्दिर क्षेत्रमा जाने वा आगजनी गर्ने उद्देश्य आफूहरूको नभएको बताएका छन्।
एक जेनजी प्रदर्शनकारीले भने, “खासमा यति धेरै आगजनी राति अबेरसम्म यस्तो स्थिति बनाउने हाम्रो योजना नै होइन, हाम्रो माग अनुसार परिस्थिति अघि बढिरहेका बेला केही अराजक जथ्थाले मन्दिरमा पुगेका रहेछन्।” आन्दोलनकारी नेताहरूले राष्ट्रपतिले आह्वान गरेको वार्तामा सहभागी भएर समाधान खोज्ने बताएका छन्। साथै, नयाँ परिस्थिति सिर्जना भइसकेको भन्दै सरकारी सम्पत्तिमा आगजनी वा तोडफोड नगर्न पनि आग्रह गरेका छन्।








प्रतिकृया