• २० असोज २०८३, मंगलबार
  • ७ः१३ बेलुका

प्रधानसेनापति सिग्देलको सम्बोधन: वार्ताको आह्वान, शान्तिपूर्ण निकास खोज्न आग्रह

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०९:१४

भदौ २४,२०८२ काठमाडौँ – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्। मंगलबार साँझ एक भिडियो सम्बोधनमार्फत उनले सबै पक्षलाई शान्तिपूर्ण निकासका लागि संवादको बाटो रोज्न अनुरोध गरेका हुन्।

National Life

उनले भने, “वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु।”

प्रधानसेनापतिले हालै देशभर भइरहेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गरेका छन्। साथै, शोकसन्तप्त परिवारप्रति संवेदना र सहानुभूति प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

सिग्देलले राष्ट्रिय एकता, शान्ति र सुरक्षालाई सबै नेपालीको साझा दायित्वको रूपमा व्याख्या गर्दै नेपाली सेना मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र जनताको सुरक्षार्थ सधैं प्रतिबद्ध रहेको स्पष्ट पारे।

उनले आन्दोलनका कारण राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक तथा नागरिक सम्पत्ति, आम नागरिक र मित्रराष्ट्रका कूटनीतिक नियोगहरूको सुरक्षामा नकारात्मक असर नपार्न आग्रह गरे।

अन्त्यमा, मातृभूमि र देशको जयगान गर्दै उनले राष्ट्रिय सद्भाव र एकताको लागि सबै नेपालीलाई एकसाथ अघि बढ्न आह्वान गरेका छन्।

प्रतिकृया