• २० असोज २०८३, मंगलबार
  • ८ः०० राती

सिंहदरबार भित्रका सबै मन्त्रालय जलेर ध्वस्त

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०७:००

भदौ २४,२०८२ काठमाडौँ – जेनजी आन्दोलनकारीहरूले मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा प्रवेश गरी सबै मन्त्रालयहरूमा आगजनी गरेका छन्।आन्दोलनकारीहरूले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायतका सबै मन्त्रालयमा आगो लगाएका छन्। आगलागीबाट सिंहदरबारभित्र ठूलो मात्रामा धुवाँ उठिरहेको छ।

National Life

यसअघि पनि संसद् भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, अदालत, प्रहरी कार्यालय, नेताका घर र राजनीतिक पार्टीका कार्यालय जलेर ध्वस्त भइसकेका थिए। अहिले सिंहदरबारमा जारी आगलागीले प्रशासनिक कार्यहरू ठप्प भएको छ र स्थिति अत्यन्तै तनावपूर्ण रहेको छ।

प्रतिकृया