• २० असोज २०८३, मंगलबार
  • ८ः०० राती

प्रधानमन्त्री ओलीको बालकोट निवासमा आगजनी

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार १२:५९

काठमाडौं – जेन–जी आन्दोलन चर्किँदै जाँदा आज प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगो लगाएका छन्। सोमबारको दमनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवा राजधानीका विभिन्न स्थानबाट प्रधानमन्त्री निवासतर्फ अघि बढेका थिए। उनीहरूले नाराबाजी गर्दै निवास परिसरमा आगो लगाएका छन्।

National Life

घटनाको क्रममा सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन प्रयास गरेको भए पनि आगो नियन्त्रणमा आउन केही समय लागेको बताइएको छ। स्थानीयबासिन्दा र सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालित छन्। प्रदर्शनकारीहरूले अहिलेसम्म आफ्नो आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण रहने दाबी गर्दै आएको भए पनि आजको घटनाले राजधानीमा तनावपूर्ण अवस्था सिर्जना गरेको छ।

प्रतिकृया