देशभरका जेनजी प्रदर्शनकारीले मागे प्रधानमन्त्रीको राजीनामा
प्रकाशित मिति
२०८२ भाद्र २४ गते, मंगलवार १०:४०
भदौ २४,२०८२ काठमाडौं – देशभर फैलिएका जेनजी प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। मंगलबार बिहान बानेश्वरस्थित सिभिल अस्पताल अगाडि भेला भएका प्रदर्शनकारीले अस्पतालमा साथीहरूको मृत्यु भएको घोषणा भएपछि आक्रोशसहित राजीनामाको माग गरेका हुन्।
“नालायक प्रधानमन्त्री राजीनामा दे, विद्यार्थी मार्न पाइँदैन” जस्ता नारा लगाउँदै उनीहरूले गृहमन्त्री रमेश लेखकको मात्र राजीनामा पर्याप्त नभएको भन्दै प्रधानमन्त्री ओलीले विद्यार्थीहरूको रगतको जिम्मा लिनुपर्ने बताएका छन्।
प्रदर्शनकारीले प्रहरी प्रशासनविरुद्ध पनि नारा लगाएका छन्। प्रशासनले मंगलबार बिहानैदेखि कर्फ्यू जारी गरे पनि कडा सुरक्षाबीच प्रदर्शनकारी सडकमा निस्किएका थिए। नयाँ बानेश्वरदेखि शंखमुल जाने बाटोमा पनि ठूलो संख्यामा भेला भई उनीहरूले सरकारविरुद्ध प्रदर्शन गरेका थिए। सोमबार भएको जेनजी आन्दोलनमा प्रहरीले गरेको दमनमा कम्तीमा १९ जना युवाको ज्यान गएको छ भने २ सयभन्दा बढी घाइते भएका छन्।








प्रतिकृया