• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एआईजी कार्कीलाई प्रदान

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०९:३२

भदौ २४,२०८२ काठमाडौं – काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीलाई दिइएको छ। यसअघि उपत्यकाको कमाण्ड निमित्त रूपमा डीआईजी ओम रानाले सम्हाल्दै आएका थिए।

National Life

प्रहरी प्रधान कार्यालयका अनुसार रानालाई जिम्मेवारीबाट हटाएर एआईजी कार्कीलाई उपत्यकाको नेतृत्व दिइएको हो। सोमबार जेनजीको प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था फितलो हुँदा १९ जनाको ज्यान गएको घटनापछि प्रहरी नेतृत्वमा परिवर्तन गरिएको बताइन्छ।

एआईजी टेक तामाङ अवकाश भएपछि सोमबार काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी निमित्त प्रमुखको भरमा मात्र थियो। अब उपत्यकाको सुरक्षा व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ नेतृत्वलाई कमाण्ड दिइएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया