• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

जेनजी आन्दोलन : काठमाडौंमा मृत्यु हुनेको संख्या १७ पुग्यो, २०० भन्दा बढी घाइते

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ०५:१७

भदौ २३,२०८२ काठमाडौं – काठमाडौंमा भएको जेनजीको प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ। अस्पतालवार विवरण अनुसार ट्रमा सेन्टर ६ जना, एभरेस्ट अस्पताल ५ जना, सिभिल अस्पताल ३ जना,काठमाडौँ मेडिकल कलेज २ जना, त्रिवि शिक्षण अस्पताल १ जना गरि मृत्यु हुनेको संख्या १७ पुगेको छ। अहिले काठमाडौंका विभिन्न अस्पतालमा २०० भन्दा बढी घाइतेको उपचार भइरहेको छ।

National Life

स्वास्थ्य स्रोतका अनुसार, धेरै घाइते गोली र रबरको गोली प्रहारबाट आएका छन्। अस्पतालमा उपचारका लागि पर्याप्त बेड र साधनको अभावले चुनौती सिर्जना गरेको बताइएको छ।

प्रतिकृया