यी क्षेत्रमा कर्फ्यु जारी, कुन गतिविधि गर्न नपाइने?
प्रकाशित मिति
२०८२ भाद्र २३ गते, सोमबार ०१:०५
भदौ २३,२०८२ काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले संसद् भवन आसपासका क्षेत्रमा राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ। जेनजी प्रदर्शन निषेधित क्षेत्र तोड्दै बानेश्वर केन्द्रित भएपछि भीड प्रहरी नियन्त्रणबाहिर पुगेको थियो।
प्रदर्शनकारीहरूले संसद्को गेट नाघेर भवन भित्र प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास र हवाइ फायर प्रयोग गरेको थियो। भीड नियन्त्रणमा नआएपछि प्रशासनले कर्फ्यु लागू गरेको हो।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन–शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, र बानेश्वरचोकदेखि दक्षिण शंखमूल ओरालो हुँदै शंखमूल पुलसम्म कर्फ्यु आदेश जारी भएको जानकारी दिएका छन्।
यस अवधिमा आवतजावत, भेला, जुलुस, घेराउलगायतका गतिविधि गर्न नपाइने प्रशासनले जनाएको छ।








प्रतिकृया