• ३ असोज २०८३, शनिबार
  • ३ः५५ दिउँसो

दर्ता नभएका सामाजिक सञ्जाल बन्दसँगै संसद्को लाइभ प्रभावित,विकल्प खोज्दै

प्रकाशित मिति

२०८२ भाद्र २० गते, शुक्रबार ०२:११

भदौ २०,२०८२ काठमाडौं – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि संसद्को प्रत्यक्ष प्रसारण (लाइभ) प्रभावित हुने भएको छ।

National Life

सभामुख देवराज घिमिरेले यसबारे गम्भीर चासो राख्दै संसद् सचिवालयलाई वैकल्पिक व्यवस्थाको तयारी गर्न निर्देशन दिएका छन्। सभामुखको प्रेस सल्लाहाकार शेखर अधिकारीका अनुसार प्रसारण व्यवस्थापन र सूचना प्रवाहका लागि अन्य माध्यम खोज्न निर्देशन दिइसकिएको छ।

संघीय संसद्को दुवै सदन – प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकको प्रत्यक्ष प्रसारण हुँदै आएको छ। साथै, सांसदहरूले बोलेका भिडियो युट्युबमार्फत सार्वजनिक गर्ने चलन पनि छ। तर सरकारले बिहीबार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि यो सेवा प्रभावित हुने देखिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिनिधिसभाको आगामी बैठक भदौ २५ गते र राष्ट्रिय सभाको बैठक भदौ २३ गते बस्ने तय छ।

प्रतिकृया