• २० असोज २०८३, मंगलबार
  • ९ः३९ राती

अमेरिकाबाट थप ३७ नेपाली नागरिक डिपोर्ट, आज चार्टर उडानमार्फत ल्याइने

प्रकाशित मिति

२०८२ भाद्र १८ गते, बुधबार ११:५७

भदौ १८,२०८२ काठमाडौं – अमेरिकाबाट थप ३७ जना नेपाली नागरिकलाई निष्कासन (डिपोर्ट) गरिएको छ। अमेरिकी ‘इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) ले उनीहरूलाई चार्टर विमानमार्फत बुधबार नेपाल पठाउन लागेको हो।

National Life

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ओम्नी एयरको उडान नम्बर एन८२८एएक्स बाट उनीहरू काठमाडौं ल्याइनेछन्।

विमानस्थलमा अवतरण गरेपछि अध्यागमन कार्यालयले उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाउनेछ। त्यहाँ उनीहरू कसरी अमेरिका पुगे, कोमार्फत गएका थिए र दलालबाट ठगिए वा नठगिएकोबारे सोधपुछ तथा परामर्श गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीका अनुसार, डिपोर्ट भएकामध्ये धेरैजना अवैध बाटो हुँदै अमेरिका पुगेका थिए। उनीहरूले बिचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएका थिए। मध्यपूर्व, युरोप र दक्षिण अमेरिकामार्ग हुँदै उनीहरूलाई उत्तरी अमेरिका पुर्याइएको अनुसन्धानमा खुलेको छ।

प्रतिकृया