नक्कली भुटानी शरणार्थी प्रकरण : दुई वर्षपछि अन्तिम सुनुवाइ सुरु
प्रकाशित मिति
२०८२ भाद्र १८ गते, बुधबार ११:०७
भदौ १८,२०८२ काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा दायर मुद्दाको अन्तिम सुनुवाइ आज (बुधबार)देखि काठमाडौं जिल्ला अदालतमा सुरु हुँदैछ। दुई वर्षदेखि विचाराधीन रहेको यो मुद्दा अब अन्तिम टुङ्गो लाग्ने चरणमा पुगेको हो।
यस प्रकरणमा नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी पुर्पक्षका लागि दुई वर्षदेखि थुनामा छन् भने नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण धरौटीमा रिहा भएका छन्।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराधलगायतका अभियोगसहित ३१ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो। प्रतिवादीमध्ये रायमाझी र खाँणसँगै तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत उच्च पदस्थ व्यक्ति पनि छन्







प्रतिकृया