• १४ असोज २०८३, बुधबार
  • १ः४२ राती

सुनको मूल्यमा ऐतिहासीक रेकर्ड, २ लाख १० हजार पुग्यो

प्रकाशित मिति

२०८२ भाद्र १८ गते, बुधबार १०:५६

भदौ १८,२०८२ काठमाडौं – नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २ लाख  ७ हजार ९०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य २ लाख ५ हजार ९०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ४८५  रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा २ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आज दश ग्राम सुनको मूल्य एक लाख ७८ हजार २४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार १२६ रुपैयाँ रहेको छ ।

प्रतिकृया