बेइजिङमा चीनको ऐतिहासिक विजय दिवस परेड,एकसाथ देखिए पुटिन, किम र सी जिनपिङ
प्रकाशित मिति
२०८२ भाद्र १८ गते, बुधबार १०:०२
भदौ १८,२०८२ बेइजिङ । चीनको राजधानी बेइजिङमा विजय दिवस सैन्य परेड भव्य रूपमा सम्पन्न भइरहेको छ। यस आयोजनामार्फत चीनले आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको छ। यो परेड चीनले आयोजना गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो मानिएको छ।
कार्यक्रम दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनसमक्ष आत्मसमर्पण गरेको ८० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो। परेड अघि चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन एकसाथ देखिए। यी तीन नेताहरू पहिलो पटक एउटै मञ्चमा देखिएका हुन्। उनीहरू परेड हेर्न आएका विश्व नेताहरूको अग्रपंक्तिमा बसेका थिए।

यस परेडमा पुटिन र किमसहित नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ, भियतनाम, मलेसिया, बेलारुस, इरान, जिम्बाब्वे, सर्बिया, स्लोभाकिया, क्युबा र म्यानमारका नेताहरू पनि सहभागी रहेका छन्।





प्रतिकृया