• २० असोज २०८३, मंगलबार
  • १०ः२१ राती

भिजिट भिसा प्रकरणमा छानबिन आयोग नभए सडक आन्दोलनमा जान्छौं : राप्रपा अध्यक्ष लिङदेन

प्रकाशित मिति

२०८२ भाद्र १५ गते, आईतवार ०४:१०

भदौ १५,२०८२ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे आफूहरू सडक आन्दोलनमा जाने चेतावनी दिएका छन्।

National Life

आइतबार झापामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो माग सम्बोधन नभएसम्म संसद् अवरुद्ध गर्ने र आवश्यक परे रास्वपासहित सडक आन्दोलनमा उत्रने चेतावनी दिए।
लिङदेनले भने, “हामी कम्तीमा पनि यो सेसनमा यसरी नै निरन्तर विरोधमा रहन्छौं। आवश्यक पर्‍यो भने राप्रपा र रास्वपा सडकमा आउनसक्ने अवस्था हुन्छ।”

अध्यक्ष लिङदेनले आफूहरूले सदन अवरुद्ध गर्दा पनि त्यसलाई बेवास्ता गर्दै अघि बढाएको भन्दै सभामुख देवराज घिमिरेको भूमिकाप्रति असन्तुष्टि जनाए। उनले सरकारसमेतले मागलाई उपेक्षा गरेको भन्दै आपत्ति प्रकट गरे।

Classic Tech Mobile
Classic Tech Desktop

लिङदेनले सो प्रकरणमा छानबिन सहज बनाउन गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने दाबी गरे। उनले भने, “भिजिट भिसा प्रकरणमा नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ। उहाँले राजीनामा दिनुभएन भने पनि छानबिन आयोग त गठन हुनुपर्छ। भोलि दोषी ठहरियो भने कारबाहीमा परिहाल्नुहुन्छ, त्यसैले अहिल्यै राजीनामा दिए उचित हुन्छ।” फरक प्रसंगमा उनले पार्टीमा नयाँ नेताहरूलाई जिम्मेवारी दिने क्रममा गल्ती भए सच्चिएर अघि बढ्न तयार रहेको बताएका छन्।

प्रतिकृया