• २० असोज २०८३, मंगलबार
  • १०ः२१ राती

रुपन्देही–३ उपनिर्वाचन : रास्वाका आकांक्षी उम्मेदवार आज रवि लामिछानेलाई भेट्ने

प्रकाशित मिति

२०८२ भाद्र १५ गते, आईतवार ०९:२९

भदौ १५,२०८२ काठमाडौं – रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आकांक्षी उम्मेदवारहरूले आज (आइतबार) पार्टी सभापति रवि लामिछानेलाई भेट्ने भएका छन्। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने हाल नख्खु कारागारमा छन्। उम्मेदवार घोषणाअघि आकांक्षीहरूले उनलाई भेट्न लागेका हुन्।

National Life

रास्वपाले ९ आकांक्षीहरूमध्येबाट आजै एक उम्मेदवार टुंग्याउने तयारी गरेको छ। दिउँसो साढे १ बजे सचिवालय बैठक बसेर अन्तिम नाम सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

रुपन्देही–३ बाट उम्मेदवार बन्न आवेदन दिएका ९ आकांक्षीमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट फर्किएका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यीमध्ये कुसुम, मधु, सुलभ र जीतबहादुरबाहेक ५ जना भैरहवाका हुन्। रुपन्देही–३ बाट निर्वाचित राप्रपाका दीपक बोहराको निधन भएपछि निर्वाचन आयोगले आउँदो कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।

प्रतिकृया