• २० असोज २०८३, मंगलबार
  • १०ः२२ राती

डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, ६ जना घाइते

प्रकाशित मिति

२०८२ भाद्र १२ गते, बिहीबार ११:०२

डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बिहीबार बिहान सवा ९ बजेतिर नवदुर्गा गाउँपालिका-५ चौडमा से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार चार जनाको घटनास्थलमै मृत्यु भएको हो।

National Life

६ जना घाइते समेत भएका छन्। उनीहरूको उद्धार गरी जिल्ला अस्पताल डडेल्धुरामा पठाइएको छ। मृत्यु भएका चार जनाको शव पनि निकालेर अस्पताल ल्याउने तयारी भइरहेको छ। ठाडाबजारबाट उक्त जिप डडेल्धुरातर्फ आउँदै थियो। त्यस क्रममा जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको हो।

दुर्घटनास्थल टाढा भएकाले प्रहरी समेत पुग्न ढिला भएको थियो। एक जना स्थानीयले पारी डाँडामा दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि नजिकैको अस्थायी प्रहरी चौकीबाट आधा घन्टा लगाएर घटनास्थलमा पुगेको थियो। ‘दुर्घटनास्थल टाढा छ । सुरूमा पुगेको टोली आधा घण्टा लागेको थियो। अहिले जिप्रकाको टोली पनि पुगेर थप खोजी गरिरहेको छ,’ प्रहरी निरीक्षक विष्टले भने। मृतकको सनाखत भइसकेको छैन। दुर्घटनामा चालक समेत घाइते भएकाले दुर्घटनाको कारण समेत खुलिसकेको छैन। यद्यपि सडक कच्ची थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया