• ४ साउन २०८३, सोमबार
  • २:१२ बिहान

भारतबाट अमेरिका निर्यात हुने सामानमा आजदेखि थप २५% आयात कर लागू

प्रकाशित मिति

२०८२ भाद्र ११ गते, बुधबार १२:०९

भदौ ११,२०८२ काठमाडौं – अमेरिकाले भारतबाट आयात हुने सामानहरूमा ५० प्रतिशत सम्मको आयात कर लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भारतमाथि थप २५ प्रतिशत कर लगाउने निर्णय गरेपछि, कुल कर दर ५० प्रतिशत पुगेको हो।अमेरिकाले घोषणा गरेअनुसार, अगस्ट २७, २०२५ देखि भारतबाट आयात हुने वा गोदामबाट बाहिर निकालिने कुनै पनि सामानमा यो नयाँ कर दर लागू हुनेछ।

राष्ट्रपति ट्रम्पले भारतमाथि कडा आयात कर लगाउनुको कारणको रूपमा भारतले रुसबाट कच्चा तेल खरीद गरेर युक्रेन विरुद्धको युद्धमा परोक्ष समर्थन गरिरहेको दाबी गरेका छन्। ट्रम्पले सार्वजनिक रूपमा भारतको निर्णयलाई अमेरिका र पश्चिमी मुलुकहरूको “साझा हित” विपरीत रहेको बताएका छन्।

Kamana Sewa

भारतले भने ट्रम्पको यो कदमलाई “अनुचित, तर्कहीन र एकपक्षीय निर्णय” भनेको छ। भारतीय विदेश मन्त्रालयले यसले दुई देशबीचको व्यापारिक सम्बन्धमा गम्भीर असर पार्ने चेतावनी दिएको छ।

Classic Tech Desktop

गत अप्रिलमा, राष्ट्रपति ट्रम्पले भारतमा २६ प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए, तर त्यो निर्णय ९० दिनका लागि स्थगित गरिएको थियो। त्यसपछि जुलाईमा, ट्रम्पले अगस्ट १ देखि २५ प्रतिशत कर लागू गर्ने घोषणा गरे। तर, अगस्ट महिनामै, उनले थप २५ प्रतिशत कर बढाउने निर्णय गर्दै, कुल कर दर ५० प्रतिशत पुर्‍याए।

आजदेखि अमेरिका जान तयार रहेका भारतीय उत्पादनहरूमा कुल ५० प्रतिशत आयात कर लागु हुनेछ। यसले भारतीय निर्यातकर्तालाई ठूलो झट्का दिने अनुमान छ भने अमेरिकी आयातकर्तामाथि पनि मूल्यवृद्धिको दबाब पर्नेछ।

प्रतिकृया