• २७ भदौ २०८३, शनिबार
  • १ः२५ दिउँसो

आजदेखि दसैंका लागि नयाँ नोट साट्न पाइने

प्रकाशित मिति

२०७६ आश्विन १० गते, शुक्रबार १२:१८

काठमाडौं, नेपाल राष्ट्र बैंकले दसैंका लागि आजदेखि नयाँ नोट साट्न लागेको छ । चाड पर्वमा पूजाका लागि प्रयोग हुने भेटी तथा आफन्तलाई दिने दक्षिणामा नेपाली हिन्दु धर्माबलम्बीले नयाँ नोटको प्रयोग गर्ने परम्परागत प्रचलनलाई ध्यान दिएर यस वर्ष राष्ट्र बैंकले १३ अर्ब रुपैयाँ नयाँ नोट बजारमा ल्याउन लागेको हो ।

National Life

सर्वसाधारणको लागि राष्ट्र बैंकले प्रतिव्यक्ति अधिकतम् २७ हजार रुपैयाँसम्म मात्र साट्ने ब्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो । राष्ट्र बैंकका अनुसार राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका विभिन्न शाखा कार्यालयबाट आजदेखि असोज १७ गतेसम्म नयाँ नोट साट्न सकिनेछ ।आफ्नो खाता भएका बैंक तथा वित्तिय संस्थाबाट पनि सीमित मात्रामा नयाँ तथा सुकिलो नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया