• २० असोज २०८३, मंगलबार
  • ११ः५३ राती

चितवनमा लागूऔषधसहित सात युवक पक्राउ

प्रकाशित मिति

२०८२ भाद्र ५ गते, बिहीबार १०:४८

भदौ ५,२०८२ काठमाडौं – जिल्ला प्रहरी कार्यालय चितवनले १७ हजार ४०० थान लागूऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ।

National Life

भरतपुर महानगरपालिका–९ केन्द्रीय बस टर्मिनल नजिकै रहेको एक होटलमा बसेर ट्रामाडोल बिक्री गर्दै गरेको अवस्थामा उनीहरूलाई आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।

पक्राउ पर्ने सात जनामध्ये भारतको बिहार राज्य, पश्चिम चम्पारणका एक युवक पनि रहेका छन्। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया