आज किन एमालेले बोलायो केन्द्रीय कमिटी बैठक ?
प्रकाशित मिति
२०८२ भाद्र ५ गते, बिहीबार ०९:५७
भदौ ५,२०८२ काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दोस्रो विधान महाधिवेशनको तयारीका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ। बैठक आज (बिहीबार) बिहान ११ बजे ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ।
एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा विधान संशोधन प्रस्ताव प्रतिवेदनबारे छलफल हुनेछ। उक्त प्रतिवेदन पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेस गर्नेछन्। मातहतका कमिटीलाई संशोधन प्रस्तावमा सुझाव पठाउन यही भदौ १० गतेसम्म समय दिइएको थियो।
अधिकारीका अनुसार सुझाव संकलन गरेर तयार पारिएको प्रतिवेदन बैठकमा छलफलपछि पारित गरिनेछ। यसअघि नवौँ केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते बसेको थियो।
एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने छ। महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी जम्मा दुई हजार ३९२ जना सहभागी हुने छन्।








प्रतिकृया